माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २३ अर्ब बढी,नेपाल लाइफ अग्रस्थानमा

2022-02-25
माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २३ अर्ब बढी,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । माघ महिनाको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनाको अन्त्यसम्ममा २३ अर्ब ३ करोड २६ लाख ४४ हजार रुपैया कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

बीमा समितिको उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेनस कम्पनीले माघ मसान्तसम्ममा ३ अर्ब ८७ करोड १९ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा २ अर्ब ५५ करोड ४० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै सिटिजन लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा १ अर्ब ६० करोड ९ लाख ५८ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफ चौथो स्थानमा रहेको छ । कम्पनीले १ अर्ब ४८ करोड ८८ लाख ७४ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । पाचौँ स्थानमा रहेको एलआईसी नेपालले १ अर्ब ४८ करोड २९ लाख २२ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । 

यसैगरी सन नेपाल लाइफले १ अर्ब ४७ करोड ७८ लाख ८९ हजार,युनियन लाइफ १ अर्ब ४५ करोड १६लाख ६६ हजार,एशियन लाइफ १ अर्ब १७ करोड ५० लाख ७५ हजार,सूर्या लाइफ १ अर्ब ४७ करोड ६ लाख ५ हजार,ज्योत िलाइफ ९२ करोड ६१ लाख ६५ हजार,मेट लाइफ ८७ करोड ८७ लाख ३७ हजार,आइएमई लाइफ ८० करोड ८८ लाख ५६ हजार, प्राइम लाइफ ७७ करोड १ ला ८१ हजार,रिलायन्स लाइफ ६७ करोड ८१ लाख १० हजार,राष्ट्रिय बीमा संस्थान ६६ लाख १४ हजार ७५ हजार,सानिमा लाइफ ६५ करोड २१ लाख ३६ हजार,प्रभु लाइफ ६४ करोड ४७ लाख ६१ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्संंंंंंंंंंले ४३ करोड ५८ लाख २९ हजार रुपैयाँ प्रथम बस्माशुल्क आर्जन गरेको छ । 


Share this with your friends: