माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २.७२ अर्ब कुल बीमाशुल्क,कसको कति ?

2022-03-06
माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २.७२ अर्ब कुल बीमाशुल्क,कसको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा २ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

माघ महिनामा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले माघ महिनामा मात्रै ३२ करोड ७३ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। सगरमाथा इन्स्योरेन्सले माघ महिनामा २२ करोड ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

यसैगरी सिद्धार्थ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले माघ महिनामा १९ करोड ७० लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। चौथो स्थानमा नेको इन्स्योरेन्समा रहेको छ। कम्पनीले एक महिनामा १९ करोड ३७ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 
१६ करोड ४० लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको एनएलजी इन्स्योरेन्स पाचौँ स्थानमा रहेको छ। 

यसैगरी नेपाल इन्स्योरेन्सले १० करोड ६० लाख २० हजार,ओरियन्टल इन्स्योरेन्स १२ करोड ८३ लाख २८ हजार,राष्ट्रिय बीमा कम्पनी १४ करोड ७५ लाख ८४ हजार,नेशनल इन्स्योरेन्स ५ करोड २४ लाख २१ हजार,हिमालयन जनरल १३ करोड ५२ लाख १९ हजार,युनाइटेड इन्स्योरेन्स १०  करोड २१ लाख ७६ हजार,प्रिमियर इन्स्योरेन्स १३ करोड २० लाख २४ हजार,एभरेष्ट इन्स्योरेन्स ९ करोड १३ लाख ७९ हजार, प्रभु इन्स्योरेन्स ९ करोड ५ लाख ७६ हजार,आइएमई जनरल ११ करोड ९३ लाख ७४ हजार,प्रुडेन्सियल इन्स्योरेन्स १० करोड ४० लाख २४ हजार,लुम्बिनी जनरल १२ करोड ४४ लाख ७३ हजार,जनरल इन्स्योरेन्स ८ करोड ८ लाख ७४ हजार,अजोड इन्स्योरेन्स १३ करोड ७७ लाख ३२ हजार र सानिमा जनरल इन्स्योरेन्सले ६ करोड ६६ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

 


Share this with your friends: