मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, २३ लाख बढी आवेदकको हात खालि

2021-08-23
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, २३ लाख बढी आवेदकको हात खालि

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ। 

उक्त आईपीओ आज(भदौ ७ गते)निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे बाँडफाँड गरिएको हो। 

यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि खरिद आवेदन परेको थियो । तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदन सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता सेयर बदर भएको छ।  

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको यो आईपीमा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तीमध्ये  भाग्यमानी ३ जना आवेदकले गोलाप्रथाबाट थप १र१ कित्ता सेयर प्राप्त गरेका छन् । 

बाँकी २३ लाख १७ हजार ८८९ आवेदकको हात भने खालि भएको छ।  

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: