मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-29
मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मिथिला लघुवित्तद्वारा प्रस्तावित कुल १२.३६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल ४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंक दुवैले भोलि(चैत १७ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

मिथिला लघुवित्त वित्तीय संस्थाको गत फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी चैत २९ गते आयोजना हुने १२ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

यस्तै ग्रिन डेभलपमेन्ट बैंकको गत माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांस गरी कुल ४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी चैत २८ गते आयोजना हुने ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: