मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

2020-12-28
मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित गरिएको ११.२५ बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३७९ रुपैयाँ थियो। 
बैंकको यसअघि बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि कुल १५.५१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकद्वारा प्रस्तावित लाभांसमा ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांस गरी कुल १५.५१ प्रतिशत वितरणको प्रस्ताव रहेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आउँदो पुस २५ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: