मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-09-07
मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(भदौ २२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। 

सेयरको न्यूनतम मूल्य प्रति सेयर ३२५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार काठमाण्डौमा आजसम्म आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: