मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-09-21
मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(असोज ५ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ७ लाख ३६ हजार २८६, उद्योग प्रभावित क्षेत्रका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २५ लाख ७७ हजार कित्ता गरी कुल ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम भदौ ४ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९५.९५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।


Share this with your friends: