मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2021-10-04
मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसका साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितको वासलात , नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाब लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Share this with your friends: