यी तीन लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-02-25
यी तीन लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाहरुको लाभांन्तिस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

लाभांस तथा साधारण सभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले भोलि(फागुन १४ गते)देखि चैत ०५ गतेसम्म, स्वरोजगार लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म र गणपति लघुवित्तले भोलिदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै यी संस्थाहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

नेशनल माइक्रोफाइनान्सले आ.व २०७६/७७ को मुनाफाबाट १०ः२.१९अर्थात प्रत्यके १० कित्ता सेयर बराबर २.१ कित्ता वा प्रत्येक सेयरको २१ प्रतिशत अनुपातमा बोनस सेयर र ६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने प्रस्ताव गरेको छ। यस्तै स्वरोजगार लघुवित्तले १२.३९ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत गरी कुल १३.०४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

गणपति लघुवित्तले १५ प्रतिशत बोनस सेयर र रु. ८ लाख ७४ हजार ३०२.६३ नगद लाभांस(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांसहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि उल्लेखित संस्थाहरुको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

नेशनल माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारण सभा आउँदो चैत ०५ गते धादिङमा रहेको क्रिक रिसोर्टमा सभा आयोजना हुनेछ। यस्तै स्वरोजगार लघुवित्तको १२ औँ वार्षिक साधारण सभा फागुन २९ गते शनिबारका दिन काठमाण्डौ कमलादीस्थिीत नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना हुनेछ भने गणपति लघुवित्तको चौथो वार्षिक साधारण सभा फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा आयोजना हुनेछ। 

 


Share this with your friends: