युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

2020-10-13
युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो। 

यसका साथै उक्त बैठकले २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डबमोजिमको वित्तीय विवरणहरु पारित गरि बीमा समितिको स्विकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।    

 


Share this with your friends: