युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2020-11-08
युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकेको हो। 

कम्पनीले आउँदो मंसिर १६ गते भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस ९सिटी स्क्वेयर बिल्डिङ० मा सभा गर्ने भएको छ। उक्त साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतका परियोजनाहरुको खर्चलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनलगायतका प्रस्तावहरु पनि अनुमोदन गर्नेछ। 

लाभांश वितरण र साधारणसभाका लागि कम्पनीले यही कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: