युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन आउन आग्रह

2021-09-15
युनिलिभर नेपालद्वारा ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन आउन आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २० औँ र २२ औँ साधारण सभाबाट लाभांस पारित भए बमोजिम आर्थिक वर्ष २०६९/७० र २०७१/७२ को पाचँ वर्षभन्दा पुरानो लाभांस रकम सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।

उक्त आर्थिक वर्षको लाभांस पुर्जा बुझिलिई लाभांस रकम भुक्तानी लिन बाँकी रहेका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार सनराइन क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । 


Share this with your friends: