युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-10-06
युनिलिभर नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारण सभा आगामी कात्तिक ११ गतेका लागि डाकेको हो। 

कम्पनीले उक्त सभा भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस (सिटी स्क्वेयर बिल्डिङ) मा गर्ने भएको छ। उक्त साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको प्रतिकित्ता ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले कम्पनीको संगठित सामाजिक उत्तरदायित्वअन्तर्गतका परियोजनाहरुको खर्चलाई पारित गर्नेछ ।

यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ । 
लाभांश वितरण र साधारणसभाका लागि कम्पनीले यही असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।


Share this with your friends: