युरोपियन बीमा कम्पनीहरूद्वारा महामारीको परिणामस्वरूप ठूला परिवर्तनहरूको अपेक्षा

2020-09-06
युरोपियन बीमा कम्पनीहरूद्वारा महामारीको परिणामस्वरूप ठूला परिवर्तनहरूको अपेक्षा

काठमाण्डौ । युरोपको “ इन्फर्मेशन सर्भिसेस् गुप्र” (आईएसजी) ले जारी गरेको नयाँ सर्भेक्षेण नतिजाका अनुसार कोरोना महामारीका कारण युरोपका अधिकांस बीमाकर्ताहरुले डिजिटल प्रडक्ट र सेवाहरुको मागमा उछाल आउने अपेक्षा गरेका छन्। 

आईएसजीले इन्फोसिससंग सहकार्य गरेर सर्भक्षण गरेको थियो र २९० जना निर्णायकर्तासंग अन्र्तवार्ता लिएको थियो। यसका लागि युरोपका ६ देशका बीमा कम्पनीहरुका निर्णायककर्ताहरु संग मे महिनाको अन्त्य र जुन महिनाको सुरुवाततिर अन्र्तवार्त लिइएको थियो। 

सर्वेक्षणका अनुसार ८६ प्रतिशत युरोपेलि बीमा कार्यकारीहरुले कोरोना महामारीका कारण उपभोक्ताको बानी व्यहोरमा परिवर्तन आउने अपेक्षा गरेका थिए र ९५ प्रतिशतभन्दा धेरैले पूर्ण वा आशिंक रुपमा आफ्ना ग्राहकहरुले थप डिजिटल प्रडक्ट र सेवाहरु माग गर्न सक्ने बताएका थिए। 

सर्वेक्षणमा सहभागि १० मध्य ९ जनाले कोभिड १९ का कारण बीमा उद्योगमा डिजिटल नविनता र अन्वेषणले तिव्रता पाउने विश्वास लिएका थिए। 
यस्तै ६४ प्रतिशत सहभागिले कोरोनाको प्रभाव आफ्नो व्यवसायमा १ वर्षभन्दा धेरै समय सम्म रहिरहने बताएका थिए। २१ प्रतिशतले भने कोरोनाको प्रभाव सात देखि १२ महिना सम्म रहने अनुमान लगाएका थिए। 

सर्वेक्षणमा सहभागि ६० प्रतिशतले कोरोना संकटका कारण आफ्ना केहि व्यवसायिक साझेदारहरु समेत गुमाउनु पर्न हुन सक्ने अनुमान लगाएका थिए। 
सर्भेमा संलग्नहरुले कोरोना संकटका कारण प्रमुख परिवर्तनहरु निम्तन सक्ने विश्वास लिएपनि अधिकांसले भने परम्परागत बिक्रि च्यानेलहरु भ्ने यथास्थान मै रहने अपेक्षा लिएका छन्। 

युरोपमा यतिबेला कुल बीमा पोलिसीहरु मध्य आधि जसो बीमा एजेन्टका माध्यमबाट बिक्रि हुने गरेको छ। सर्भेमा सहभागि करीब ८४ प्रतिशतले आफ्ना कम्पनीहरुले बिक्रिलाई मल्टीपल च्यानलबाट जाररी राख्ने विश्वास लिएका छन्। 

 

 


Share this with your friends: