यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

2021-05-05
यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पुरा गरी २०७८ साल जेठ १५ गते सम्ममा पुर्नजागरण(नविकरण) गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत् प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यसका साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 


Share this with your friends: