यूनियन लाइफ इन्स्योरेन्सले ६४.५० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

2021-06-28
यूनियन लाइफ इन्स्योरेन्सले ६४.५० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा गन जेठ ९ गते आवेदन दिएको कम्पनीले सर्वाजनिक प्राथमिक निष्कासन(आईपीओ)का लागि अनुमति प्राप्त गरेको हो । 

बोर्डबाट कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि रेटिङ कम्पनी इक्रा नेपालले इक्रा नेपालले कम्पनीलाई  ‘(इक्राएनपी– आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको जनाउने गर्दछ । 


Share this with your friends: