राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-06-28
राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि क्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । कुल लाभांसमा आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर रहेको छ । 

यो लाभांस कम्पनीको आगामी असार २९ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: