राष्ट्र उत्थान लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

2021-07-05
राष्ट्र उत्थान लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आईपीओ निष्कासनका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको प्रत्याभूतिकर्ताका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धमा राष्ट्र उत्थान र प्रभु क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तका तर्फबाट कार्यकारी निर्देशक सुधीप्रसाद लोहनी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

राष्ट्र उत्थानले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी २६ करोड रुपैयाँ पुग्नेछ। यो संस्था नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकसमेतको संयुक्त उपक्रम हो। संस्थाको हाल सातै प्रदेशमा कुल ८५ शाखा रहेका छन्। 

राष्ट्रियस्तरको यो संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहेको छ। 


Share this with your friends: