राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

2022-02-16
राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ ९ गते अनुमति पाएको थियो ।     


Share this with your friends: