राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

2022-03-10
राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(ण्नेप्से)मा सूचीकृत भएको छ। संस्थाको आईपीओसहित २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र संस्थाबीच आज(फागुन २६ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २६ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ८ लाख ५० हजार कित्ता, रसंस्थापक सेयरधनीहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी कुल २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन २५ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले संस्थाको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले संस्थालाई आरयुबीएल संकत प्रदान गरेको छ ।    


Share this with your friends: