रिभर फल्स पावरको आईपीओ बाँडफाँड

2022-05-03
रिभर फल्स पावरको आईपीओ बाँडफाँड

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता सेयर बाँडफाँड गरेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा क्षेत्रका वासिन्दाका लागि गत चैत २७ गतेदेखि वैशाख ११ गतेसम्म ७ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार आयोजना प्रभावितका लागि निष्कासित आईपीओमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई वैशाख १९ गते बाँडफाँड गरिएको हो ।  


Share this with your friends: