रिलायन्स लाइफको आइपीओ बाँडफाँड: २०.५ हजार बढीको भयो खालि हात, कसले पाए ?

2020-08-28
रिलायन्स लाइफको आइपीओ बाँडफाँड: २०.५ हजार बढीको भयो खालि हात, कसले पाए ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले फेसबुक लाइभमार्फत आइपीओ बाँडफाँड गरेको हो । 

सानिमा क्यापिटलका अनुसार आइपीओमा आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाको हात खालि भएको छ । 

कम्पनीका अनुसार कुल ५ लाख ८७ हजार ५०९ जनाको आवेदन सदर भएको छ। सदर आवेदकमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाउनेछन्। 

कम्पनीले आइपीओको लागि आएका १ हजार ९५५ आवेदन रद्ध गरेको छ । 

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री भदौ ४ गतेदेखि खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो। 

कम्पनीको आइपीओमा मागभन्दा ४.०४ गुणा बढी आवेदन परेको थियो । यो कम्पनीको आइपीओमा आवेदन दिनेहरुको संख्या हालसम्म नेपाली बजारमा आएका आइपीओमा परेका आवेदनमध्येकै उच्च हो । 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  


Share this with your friends: