रिलायन्स लाइफको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

2020-09-07
रिलायन्स लाइफको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । केहि समय अघि आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। आज सोमबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो। 

कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको हो। सेयर सूचिकरण भएको एक दिन पछि अर्थात भोलिदेपिख कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ। 

 


Share this with your friends: