रिलायन्स लाइफको सेयर कारोबारको थालनी आजबाट

2020-09-08
रिलायन्स लाइफको सेयर कारोबारको थालनी आजबाट

काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजार(नेप्से) मा कारोबारमा आउँदैछ। 
हिजो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसंगै आजबाट कारोबारको थालनी हुन लागेको हो। कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको थियो।  
नेप्से यो कम्पनीलाई आरएलआई कोड प्रदान गरेको भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि ३२२।७७ रुपैयाँ तोकेको छ।
आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र भएपछि मात्र नियमित कारोबार समय ९११ बजेदेखि ३ बजे मा सो कम्पनीको धितोपत्र कारोबार हुनेछ।
यो कम्पनीले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सार्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। 
 

 


Share this with your friends: