रिलायन्स लाइफद्वारा ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

2020-11-04
रिलायन्स लाइफद्वारा ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ। 

यो बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन्।  यस योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमादाबीको समयावधि हेरी बीमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो।  
योजनामा बीमीतले बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस (Simple Revisionary + Terminal, if any)    भुक्तानी गरिने कम्पनीले जनाएको छ । यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन्। 

योजनाअन्तर्गत न्यूनतम बीमांक रकम रु। ५० हजार कायम गरिएको छ भने अधिकतम बीमांक रकम कम्पनीको नियमबमोजिम हुनेछ। यस योजनामा बीमाअवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको कम्पनीले जनाएको छ। 

यस योजनाको बीमाशुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ।  यो योजनासँगै बीमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमाशुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन्।  


Share this with your friends: