रिलायन्स लाइफको बीमाशुल्क आर्जन ४६.५२ करोड, मुनाफा ६२.४३%ले बढ्यो

2020-11-06
रिलायन्स लाइफको बीमाशुल्क आर्जन ४६.५२ करोड, मुनाफा ६२.४३%ले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र प्रर्दशन राम्रो देखिएको छ। कोरोना महामारी र यसले निम्त्याएको संकटकाबिच कम्पनीको प्रदर्शन राम्रो देखिएको हो। 

कम्पनीको आज(शुक्रबार) सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९१.९८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ करोड ११ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा १२२.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोहि अवधिमा यो रकम १ करोड ३९ लाख ८२ हजारमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १६ लाख ४८ हजार रुपैयाँमा सीमित थियो।

प्रथम त्रैमाससम्म कम्पनीले जीवन बीमा कोषको आकार १४६।९१ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ५२ लाख रुपैयाँमा सीमित जीवन बीमा कोषको आकार बढेर समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

अघिल्लो वर्ष १ करोड २३ लाख रुपैयाँमा सीमित महाविपत्ति जगेडा बढेर १ करोड ९२ लाख रुपैयाँ तथा ११ करोड १० लाख रुपैयाँमा सीमित रिजर्बको आकार बढी १७ करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ। 

अघिल्लो वर्ष यही अविधिमा १ करोड ८५ लाख रुपैयाँमा सीमित खुद नाफालाई बढाएर समीक्षा अवधिमा ३ करोड रुपैयाँको उचाइ चुमाएको छ। यो नाफा ६२।४३ प्रतिशतले बढी हो।

कम्पनीको व्यवस्थापन खर्च समीक्षा अवधिमा बढेर ८ करोड २९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो खर्च ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिमा ४ हजार १३८ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ हजार ९५५ वटा बीमालेख जारी गरेको थियो। 
वार्षिकीकृत कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० ५.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९पीई रेसियो० १०४.७५ गुणा र प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ रहेको छ।  


Share this with your friends: