रिलायन्स लाइफद्वारा व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा

2020-11-18
रिलायन्स लाइफद्वारा व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा गरेको छ । 

कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शत्प्रतिशत छुट प्रदान गर्ने भएको हो । कम्प्नीले आफ्ना ग्राहकले यस विषम परिस्थितिमा यो छुटको पूर्ण रुपमा फाइदा लिने विश्वास लिएको छ । 

 


Share this with your friends: