रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

2020-12-15
रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सिङगिङ रियालिटी शो नेपाल स्टारको विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन बीमा गर्ने भएको छ । कम्पनीले शो विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको हो । 

यसका साथै कम्पनीले उक्त शो मा दोस्रो तेस्रो र चौथो हुनेलाई पनि ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने जनाएको छ । विजेता प्रतिस्पर्धीलाई बीमा योजना प्रदान गर्ने सम्झौता पत्रमा रिलायन्स लाइफका तर्फबाट सिईओ प्रवीण रमण पराजुली र कि एडभरटाइजिङ सर्भिसका तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Share this with your friends: