रिलायन्स लाइफको बीमाशुल्क आर्जन १३१.४३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

2021-05-03
रिलायन्स लाइफको बीमाशुल्क आर्जन १३१.४३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३१.४३ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँमा सीमित थियो। 

यस्तै कम्पनीले समिक्षा अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १४ करोड १२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा यो रकम ६ करोड १८ लाख ८४ हजार रुपैयाँमा सीमित थियो। यसरी कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आयमा १२८.३० प्रतिशतको उछाल आएको छ। 

समीक्षा अवधिमा कम्पनीले २१ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ९१ लाख ३३ हजार रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफामा वृद्धि भएको छ। कम्पनीको खुद मुनाफा ७.२९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ३२.४८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको व्यवस्थापन खर्च ३४ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर २ अर्ब २६ करोड ४४ लाख ७९ हजार रुपैयाँ पुुगेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ८६ करोड ९८ लाख ६० हजार रुपैयाँमा सीमित थियो। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  १४ करोड ९६ लाख १२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २० करोड ५७ लाख १४ हजार रुपैयाँको उचाईमा पुुगेको छ। 

कम्पनीले समीक्षा अवधिसम्ममा १२ हजार १२० बीमालेख जारी गरेको छ। यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४.१८ रुपैयाँ, मूल्य आम्दानी अनुुपात १७४.०८ गुणा, प्रति सेयर नेटवर्थ ११०.८८ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २१८.७२ रुपैयाँ रहेको छ।  

 


Share this with your friends: