रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम मूल्य कति ?

2021-09-27
रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम मूल्य कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। 

बीमा समितिबाट गत असोज ६ गते स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा आर्थिक वर्ष २०६७/७७ का लागि प्रति वर्ष प्रति हजार बीमांक रकममा बोनसदर निर्धारण गरेको हो । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वा सो भन्दा माथि अवधिका लागि ६० रुपैयाँ निर्धारण गरेको छ। 

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्षका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ६० रुपैयाँ तोकेको छ। 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ बोनस दर निर्धारण गरेको छ। 

यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमालेख अन्तर्गत सम्पूर्ण अवधिका लागि २४ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी एकल बीमाशुल्क बीमालेख अन्तर्गत सबै अवधिका लागि ५४ रुपैयाँ र सामूहिक सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि १९ रुपैयाँ कायम गरेको छ। 

कम्पनीले उल्लेखित अवधिका लागि उपरोक्त बोनस दर मृत्यु दाबी, चुक्ता मूल्य दाबी अवधि भुक्तानी दाबी, चालु बीमालेखमा लागू हुनेछ ।   


Share this with your friends: