रिलायन्स लाइफको आईपिओ आवेदन आजबाट खुला, गर्ने हैन त खरीद ?

2020-08-20
रिलायन्स लाइफको आईपिओ आवेदन आजबाट खुला, गर्ने हैन त खरीद ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बहुप्रतिक्षित आइपिओको खरीद आवेदन आजबाट खुला गरिएको छ। कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आइपिओ आजबाट खरीद आवेदन खुला गरिएको हो। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आइपिओ बिक्रि खुला गरेको हो। कम्पनीले कुल कित्ता मध्य ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ। त्यस्तै अर्काे ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएको छ। बाँकि रहन आएको ५६ लाख ७० हजार कित्ता सेयर सेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो। 


लगानीकर्ताले यो कम्पनीको कम्तीमा पनि १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था र तिनका शाखा वा मेरो सेयरबाट बाट खरीद आवेदन दिन सक्नेछन्। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८।४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासमा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गते ९बैंकिङ समयपछि० हुनेछ। 

कम्पनीको निष्कासन तथा विक्रि प्रवन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ।   
 

 


Share this with your friends: