रिलायन्स लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मागभन्दा झण्डै ४ गुणा बढी आवेदन

2020-08-24
रिलायन्स लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मागभन्दा झण्डै ४ गुणा बढी आवेदन

काठमाण्डौ। गत भदौ ४ गतेबाट आईपीओ आवेदन खुला गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्रि खुला गरेको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा रहेको सानिमा क्यापिटलका अनुसार आइतबार दिउँसो ४ बजेसम्म ५ लाख ३ हजार ८०२ आवेदनमार्फत २ करोड ४ लाख १४ हजार १९० कित्ता सेयर माग भएको छ। यो संख्या मागको तुलनामा ३.६० गुणा धेरै हो। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

 


Share this with your friends: