रिलायन्स लाइफको आईपीओमा आवेदन दिनेको ओइरो

2020-08-24
रिलायन्स लाइफको आईपीओमा आवेदन दिनेको ओइरो

काठमाण्डौ । आवेदन खुल्ला भएको दिन देखिनै लगानीकर्ताको आर्कषण देखिएको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिनमा बाढी नै आएको छ। 

केहि दिनयता बीमा कम्पनीहरुले दोस्रो बजारमा राम्रो प्रर्दशन गरिरहेकाले पनि सर्वसाधारण र लगानीकर्ताको बीमा कम्पनी प्रतिको आर्कषण बढेको यससंग सम्बन्धित जानकारहरु बताउँछन्। आवेदन दिने अन्तिम दिन आज ५ बजेसम्म रिलायन्स लाइफको आईपीओमा २ करोड ४१ लख ९३ हजार ५४० कित्ता माग भएको छ। यो संख्या मागको तुलनामा ४.२७ गुणा धेरै हो। 

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु। १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको हो। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा सानिमा क्यापिटल रहेको छ। 

 

 


Share this with your friends: