रिलायबल लाईफ सफलतापूर्वक चौथो वर्षमा प्रवेश, कम्पनीको क्लेम सेटलमेन्ट ९९.९९ प्रतिशत

2020-08-31
रिलायबल लाईफ सफलतापूर्वक चौथो वर्षमा प्रवेश, कम्पनीको क्लेम सेटलमेन्ट ९९.९९ प्रतिशत

काठमाण्डौ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड सफलतापूर्वक तेस्रो वर्ष पार गर्दे आजबाट चौथो वर्षमा प्रवेश गरेको छ। कम्पनीले चौथो वर्षमा प्रवेश गरेको अवसर कम्पनीलाई साथ सहयोग तथा हौसला प्रदान गर्ने बीमित, अभिकर्ता, एजेन्सी निकाय, शेयरधनी, पत्रकार, कर्मचारी र सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ। 

यसका साथै कम्पनीने आगामी दिनहरुमा पनि निरन्तर स्तरीय सेवा प्रदान गरिरहने प्रतिवद्धता जाहेर गरेको छ। कम्पनीले बार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम समेत गरेको छ। 

कम्पनीको बार्षिकोत्सवको अवसरमा एक सन्देश दिदै कम्पनीका सिइओ नारायणबाबु लोहनीले तिन वर्षको यात्राको दौरान कम्पनीलाई साथ,सहयोग प्रदान गर्ने सबैलाई धन्यबाद दिएका छन्। “सम्पूर्ण विश्व कोरोनाको महामारीबाट गुज्रिरहेको बेला उत्सव मनाउनु उपयुक्त समय होइन तर पनि यो अवसर हाम्रा लागि बिगतलाई झल्काउने र भविष्यप्रति केन्द्धित हुने महत्वपूर्ण अवसर हो। ” उनले भने ,“हाम्रा सबै आधारभुत प्यारामिटरहरु राम्रा र वित्तिय रुपमा स्थीर छन् र हामी अहिले यो विषम र बढ्दो प्रतिष्पर्धाको परिस्थीतीमा हाम्रो प्रर्दशनलाई सुधार्दे लक्ष्य प्राप्तीतर्फ अग्रसर हुनेछौ।”
यसका साथै उनले अहिलेको प्राथमिकता भनेको स्वस्थ र सुरक्षित हुनु रहेको र कम्पनी आफ्ना कर्मचारी र व्यवसायको स्थायित्वका लागि कटिबद्ध रहेको बताए। उनले रिलायबल लाईफले नेपाली बजारमा सबैभन्दा धेरै पोलिसी बिक्रि गर्ने गरेको भन्दा आफुलाई खुसी लागेको र कम्पनीको क्लेम सेटलमेन्ट ९९.९९ प्रतिशत रहेको जानकारी दिए।   

तिन वर्षको अवधिमा कम्पनीमा १७ लाख भन्दा बढीले बीमा गरेका छन्। यस्तै यो अवधिमा कम्पनीले देशभर ८२ भन्दा धेरै शाखा नेटवर्कहरु स्थापना गर्न सफल बनेको छ।           

 


Share this with your friends: