रिलायबल नेपाल लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत ब्याज छुटको घोषणा

2021-06-18
रिलायबल नेपाल लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत ब्याज छुटको घोषणा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित भएका बीमालेख आगामी असार ३१ गतेसम्म नविकरण गरे विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको हो । 

यस्तै कम्पनीले ई–सेवा, कनेक्ट आईपीएस, आइएमई पेबाट समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको जनाएको छ । 

यस सम्बन्धि थप जानकारीका लागि अभिकर्ता वा पायक पर्ने शाखाहरुमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ । 


Share this with your friends: