रैराङ हाइड्रोको संस्थापक सेयरको लकिङ अवधि समाप्त, साधारण सरह किनबेच गर्न मिल्ने

2021-06-10
रैराङ हाइड्रोको संस्थापक सेयरको लकिङ अवधि समाप्त, साधारण सरह किनबेच गर्न मिल्ने

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको लकिङ अवधि समाप्त भएको छ । कम्पनीको संस्थापक सेयर बन्देज भएको बाँडफाँड मितिले ३ वर्ष पुरा भएको हो । लकिङ अवधि समाप्त भएसँगै जेठ २६ गतेदेखि कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयर सरह कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ । 

त्यस्तै कम्पनीले आफ्नो वित्तीय विवरणमा भएको गल्तीलाई सच्चाएको छ । कम्पनीले बैशाख २० गते प्रकाशन गरिएको तेस्रो त्रैमासको वित्तीय वितरणमा नेटवर्थ १०९.०८ हुनु पर्नेमा भुल्वास २०० भएको र ईपीएस ९.१७ हुनु पर्नेमा भुलवस १३.०३ भएकोले सच्याईएको उल्लेख गरेको छ । 


Share this with your friends: