रैराङ हाइड्रोपावर डेभलपमेन्टद्वारा बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आग्रह

2021-12-08
रैराङ हाइड्रोपावर डेभलपमेन्टद्वारा बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आग्रह

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आफ्नो सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत कात्तिक १७ गते बसेको कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको १२.६० प्रतिशत लाभांस वितरण गरिएको र लाभांस आफ्नो खातामा जम्मा नभएको भए आफ्नो नामको खाता अद्यावधिक गरी कम्पनीको सेयर रजिष्ट्रारमा शाखामा जानकारी दिन कम्पनीले आग्रह गरेको हो । 

यसका साथै कम्पनीले सेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गराई ट्रेड टावरको पाचौँ तल्लामा रहेको सेयर रजिष्ट्रार शाखामा सम्पर्क गरी लाभांस बुझिलिन आग्रह गरेको छ ।    


Share this with your friends: