लकडाउनमा नेसनल लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड पूर्णावधि दाबी भुक्तानी

2020-08-09
लकडाउनमा नेसनल लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड पूर्णावधि दाबी भुक्तानी

काठमाण्डौ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अवधिमा पूर्णावधि दाबीबापत रु. १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ।

कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको छ। सोही अनुसार यस अवधिमा कम्पनीले उक्त रकमबराबर भुक्तानी गरेको हो।

कम्पनीले डिजिटल प्रविधिबाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ। 

कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना (कोभिड १९) रोगबापत एक वर्षका लागि बीमा गरेको छ। सो रोग लागेको पीसीआर प्रविधिबाट प्रमाणित भएमा तुरुन्त बीमांक रकम प्रदान गर्ने व्यवस्था रहेको छ। 

यसबाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च हुने र व्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ। 


Share this with your friends: