विजय लघुवित्तको संस्थापक सेयरको लिलामी पुस ७ देखि

2020-12-15
विजय लघुवित्तको संस्थापक सेयरको लिलामी पुस ७ देखि

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। कम्पनीको ४८ हजार ००६ कित्ता सेयर आउँदो पुस ७ गतेदेखि लिलामीमा राख्न लागिएको हो। 

लिलामीमा राख्न लागिएको संस्थापक सेयर खरिद गर्ने इच्छुक लगानीकर्ताले पुस १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। 

लिलामीमा राख्न लागिएको संस्थापक सेयरको न्युनतम प्रतिकित्ता मूल्य २७५ रुपैयाँ तोकिएको छ। आवेदकले न्युनतम मूल्य वा सो भन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ। 

बोलपत्र पेश गर्दा न्युनतम ८ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र बिक्री प्रबन्धकको रुपमा एनआईसीएल एस क्यापिटल रहेको छ। बोलपत्र एनआईसीएल एस क्यापिटल लाजिम्पाट काठमाण्ठौ वा विजय लघुवित्त संस्थाको गैडाकोट नवलपरासीमा रहेको कार्यालयमा बुझाउन सकिनेछ। 

 


Share this with your friends: