वैदेशिक रोजगार (म्यादी) बीमामार्फत रु.३२ करोड बीमाशुल्क आर्जन

2021-04-01
वैदेशिक रोजगार (म्यादी) बीमामार्फत रु.३२ करोड बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्ममा बैदेशिक रोजगार(म्यादी बीमा)बाट ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। बीमा कम्पनीहरुले ७ लाख २३ हजार ८१७ वटा बीमालेखबाट ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। 

म्यादी बीमामार्फत सबैभन्दा धेरै बीमालेख आर्जन गर्नेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ लाख ७० हजार ६६४ वटा म्यादी बीमालेख जारी गरेको छ। यद्यपी कम्पनीले बीमाशुल्क आर्जनको अवस्था भने सार्वजनिक गरेको छैन। यस्तै नेशनल लाइफ इन्स्योरेन्सले २ लाख ४६ हजार ३३१ म्यादी बीमालेखबाट ३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। 

फागुनसम्ममा सन नेपाल लाइफले २२ हजार २७१ म्यादी बीमालेख जारी गरेको छ। यसबाट कम्पनीले १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यसैगरी सिटिजन लाइफले २३ हजार ८७२ बीमालेखबाट ६ करोड रुपैयाँ, प्राइम लाइफले ८४ हजार ७८९ बीमालेखबाट २ करोड रुपैयाँ, युनियन लाइफले ६८ हजार २७२ बीमालेखबाट २ करोड, नेपाल लाइफले ३ हजार ८६६ बीमालेखबाट ३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। 

यो अवधिसम्ममा एलआईसी नेपालले ३ हजार ७५२ म्यादी बीमालेख जारी गरेको छ। तर कम्पनीले बीमाशुल्क आर्जन भने सार्वजनिक गरेको छैन। 

म्यादी बीमा गर्नका लागि श्रम तथा रोजगार विभागमा १४ वटा जीवन बीमा कम्पनीहरु सूचीकृत भएकोमा नेशनल आइफ सूर्या लाइफ, नेपाल लाइफ र युनियन लाइफले म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आईरहेका छन्।    

 


Share this with your friends: