वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९८.८५ अर्ब , कुनको कति ?

2021-05-31
वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९८.८५ अर्ब , कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ८३ लाख ९७ हजार बढी पोलिसी बिक्री गर्दै ९८ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। 

यो अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपाल लाइफले वैशाख मसान्तसम्ममा २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ। एलआईसी नेपालले १४ अर्ब २८ करोड रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। 

यसैगरी राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १८ करोड, युनियन लाइफ ५ अर्ब ४१ करोड, एशियन लाइफ ४ अर्ब ९० करोड, मेट लाइफ ४ अर्ब ३६ करोड, सूुर्या लाइफ ३ अर्ब ४१ करोड, प्राइम लाइफ ३ अर्ब २७ करोड, गुुराँस लाइफ ३ अर्ब १३ करोड, सिटिजन लाइफ २ अर्ब ७१ करोड, ज्योति लाइफ २ अर्ब ४३ करोड, रिलायबल नेपाल लाइफ २ अर्ब ३९ करोड र रिलायन्स लाइफले २ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। 

वैशाख मसान्तसम्ममा आइएमई लाइफले १ अर्ब ९८ करोड, सन नेपाल लाइफ १ अर्ब ८१ करोड, सानिमा लाइफ १ अर्ब ६२ करोड, प्रभु लाइफ १ अर्ब १८ करोड र महालक्ष्मी लाइफले ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।    

 


Share this with your friends: