शिखर इन्स्योरेन्सको ३८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

2021-05-25
शिखर इन्स्योरेन्सको ३८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा कम्पनीको २७.७६९ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।   


Share this with your friends: