सगरमाथाको वितरणयोग्य रकम ऋणात्मक, सेयरधनीको हात रित्तै !

2020-08-09
सगरमाथाको वितरणयोग्य रकम ऋणात्मक, सेयरधनीको हात रित्तै !

काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् ।

यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात हुने भएका हुन् । 

यो कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको २८६ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण पारित गरे पनि सो आर्थिक वर्षमा मुनाफा रहेको भए पनि एनएफआरएसमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 


Share this with your friends: