सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

2021-02-26
सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त भएका छन्।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

यसअघिका सञ्चालक कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात् रिक्त रहेको पदमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरिएको हो। जोशी २०७३ असार १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका थिए। 

शेरचनलाई कम्पनी ऐन २०६३ को दफा ८७(२) को व्यवस्था बमोजिम बाकी अवधिका लागि कम्पनीको सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।    

 


Share this with your friends: