सनराइज बैंकको सीईओमा शर्मा नियुक्त

2021-02-10
सनराइज बैंकको सीईओमा शर्मा नियुक्त

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

नवनियुक्त शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। शर्माले बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव संगालेको एक कुशल र अनुभवी बैंकरको रुपमा आफ्नो छवि बनाएका छन्। 

सनराइज बैंकका निवर्तमान सीईओ जनक प्रशाद पौडेलले माघ २७ गते राजिनामा दिएका थिए। उनको राजिनामा बैंकको सोहि दिन अर्थात माघ २७ गते नै बसेको सञ्चालक समितिको ३६६ औँ बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको बैंकले जनाएको छ।  

 


Share this with your friends: