सबैको लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

2021-01-31
सबैको लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आ.व २०७६/७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा आ.व २०७६/७७ सम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने १ करोड ९५ लाख ७७ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर र ०.५५ प्रतिशतले हुने आउने १० लाख ३० हजार ३८१.५८ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: