सबैको लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

2021-03-01
सबैको लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत १४ गते तनुहु बन्दीपुरस्थित मस्र्याङदी रिभर भ्य रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसैगरी संस्थाको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने र संस्थाको केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै अन्य कुनै घ वर्गका कुनै एक वा सो भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण कार्यहरु अगाडी बढाउनका लागि सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट पेश हुने आ.व २०७६/७७ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात तथा आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन २८ गतेदेखि चैत २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

 


Share this with your friends: