समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

2021-11-28
समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ७ गते बुधबारका दिन धुलिखेलमा रहेको मिराबेल होटल एण्ड रिसोर्टमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।  सभामा सेयर संरचना ७०ः३०(संस्थापकःसर्वसाधारण)कायम गर्ने र सर्वसाधारणलाई एफपीओ जारी गर्ने विेशष प्रस्ताव पारित गरिनेछ । 

सञ्चालक समितिमा १ जना महिला सञ्चालकसहित ६ जना सञ्चालकहरुमध्ये संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 

अन्य उपयुक्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने(मर्जर)तथा प्राप्ति गर्ने र यस सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पस्ताव पारित गरिनेछ। 

यस्तै संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 
 
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: