काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।
यो लाभांस संस्थाको आगामी पुस ७ गते आयोजना हुने आठौँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।