समता घरेलु लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2021-12-24
समता घरेलु लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। संस्थाले गत मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर २३ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद लाभांस बैंक खातामा नै जम्मा गरिने बैंकले जनाएको छ। 

संस्थाको गत पुस ७ सम्पन्न ७ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो। संस्थाले नगद लाभांस प्राप्त नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न तथा बैंक खाता सहितको विवरण अद्यावधिक गर्न समेत अनुरोध गरेको छ। 


Share this with your friends: